नारायणकाजी एमाले प्रवेश गर्ने खबरले माओवादीमा मच्चियो खैलाबैला


 


काठमाडौं, भदौ १३
भारतको कट्टर विरोधीको छवि बनाएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेशको तयारी गरेको रहस्य बाहिरिएको छ ।

स्रोतका अनुसार श्रेष्ठले एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरूसँग वार्ता गरिरहेका छन् । ‘केपी ओलीसँग कुराकानी चलिरहेको छ’, एमाले उच्च स्रोतले भन्यो, ‘केही कुराहरूमा अझै सहमति भएको छैन । एकदुई दिनमा कुरा मिल्ने संकेत देखिएको छ ।’

माओवादी केन्द्रका अधयक्ष पुष्पकलम दाहाललाई सधै हैरान बनाएका श्रेष्ठको बहिरगमन पछि पार्टी संगठन सम्हालिने एक माओवादी नेताले बताए ।

यसअघि पनि नेता श्रेष्ठले एमालेसँग मिलेर सरकार बनाउनु पर्छ भनेर ठूलै लविङ गरेका थिए । तर, एमालेसँग मिलेर सरकार बनाउँदा स्थानीय तहको निर्वाचनमा पराजिय हुनेभन्दै माओवादी अध्यक्ष दाहालले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढेका थिए ।

माओवादी केन्द्रमा कुष्णबहादुर महरा, रामबहादुर थापा, पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन लगायतका नेताहरू हाबी भएको भन्दै नेता नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेशको तयारी गरेका हुन् ।

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्