चुनाव नहुँदै प्रदेश नं २ मा कांग्रेस–माओवादी यसरी चिप्लिए


 


काठमाडौं, भदौ २१
प्रदेश नं २ का लागि तेस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचन हुन अब करिब ११ दिन बाँकी छ । प्रदेश नं २ का ८ वटा जिल्लामा आज उम्मेदवार मनोनयन दर्ता हुँदैछ भने आगामी असोज २ गते निर्वाचन हुँदैछ ।

६ वटा प्रदेशमा निर्वाचन भइसकेको छ भने नेकपा एमाले सबैभन्दा ठूलो दलको हैसियतमा पुगेको छ । प्रदेश नं २ का लागि प्रमुख तीन दलका साथै मधेश केन्द्रित दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएर निर्वाचनमा होमिएका छन् ।

मुूख्य गरी एमालेले स्थानीय तहको निर्वाचनमा पाएको सफलता रोक्न प्रदेश नं २ मा कांग्रेस–माओवादी गठबन्धन सहित निर्वाचनमा होमिएका थिए ।

गठबन्धनको खास जग र आधार बलियो नभए पनि सत्ता टिकाउन र एमालेलाई प्रदेश २ मा कमजोर देखाउन कांग्रेस–माओवादी केही सिमित नेताको स्वार्थ मिलेको थियो । तर यो स्वार्थ यथार्थमा भने टिक्न सकेन ।

किनभने सिमित नेताको स्वार्थमा बनेको गठबन्धन ग्रास रुटमा रहेका कार्यकर्ता पंक्तिले रुचाएनन् । जसका कारण गठबन्धनमा संलग्न नेताहरु जिल्लिएका छन् ।

तराईका एमाले पकट क्षेत्रहरुमा दुई दलले गठबन्धन गरेर जसरी पनि एमाललेलाई हराउने अभियानमा लागेका नेताहरुको स्वार्थलाई कांंग्रेस कार्यकर्ताहरुले ठाढै अस्विकार गरेका हुन् ।

यस्तो गठबन्धन बनाउन महिनौसम्म कांग्रेस–माओवादीका नेताहरुले कसरत गरेका थिए । उनिहरुको हिसाबमा राजमार्ग क्षेत्रका करिब १० वटा स्थानीय तहमा गठबन्धन गरेर एमालेलाई हराउने योजना थियो । तर कार्यकर्ताको भावना विपरित नेताहरुले गठबन्धन गरेको भन्दै कांग्रेस कार्यकर्ताले विरोध जनाएपछि दुई दलका नेताहरुको महिनौ देखिको योजना तुहिएको छ ।

कतिसम्म भने कांग्रेसले माओवादीसँग तालमेल गरे चुनावमा सहभागी नै नहुने कांग्रेस कार्यकर्ताहरुले जिल्ला तहमा निर्णय गरेका थिए । यस्तो निर्णय रौतहटको चन्द्रपुर नगरपालिकामा भएको थियो ।

कांग्रेबाट धेरै मधेश केन्द्रित दलहरु जन्मिएका छन् भने माओवादीको मधेशमा जनाधार कमजोर छ । जसका कारण नेताहरु तालमेलको मनस्थितिमा देखिएका थिए ।

एमालेलाई मधेश विरोधी दलको रुपमा कांग्रेस, माओवादी र मधेश केन्द्रित दलहरुले प्रचार गरे पनि एमालेप्रति जनलहर चलेको देखेर उक्त दलहरु आत्तिएका हुन् ।  राजमार्ग जोडिएका स्थानमा एमालेको जित पक्कापक्कि जस्तै छ ।

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्