Deshko News
१३ आश्विन २०८०, शनिबार

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका सय दिन, ८६ काम



काठमाडौँ, भदौ २२

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले पद बहाली गरेको १०० दिनमा आफ्नो प्रतिबद्धतानुसार विकाससम्बन्धी ८६ काम थालनी भएको बताउनुभएको छ ।

एक सय दिन पुगेका अवसरमा आज उहाँले आफूले गरेको कामको प्रगति सार्वजनिक गर्दै उहाँले गर्न चाहेका कतिपय काम आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएकाले पनि प्रतिबद्धता पूरा गर्न नसकिएको जानकारी गराउनुभयो ।

एक सय दिन पूरा भएको अवधिमा ‘क्लिन द सिटी’ अभियानअन्तर्गत एक हजार ९५ मेट्रिक टन फोहर संकलन, ग्रिन द सिटी अभियानअन्तर्गत एक हजार ८०३ बिरुवा रोपण, ८८ वर्ष उमेर पुगेका कामपाका ज्येष्ठ नागरिकलाई रु १२ हजार महानगर भत्ता वितरण र फोहरबाट बिजुली निकाल्ने काम सम्पन्न भइसकेको जनाइएको छ ।

त्यसैगरी ज्येष्ठ नागरिकका लागि सार्वजनिक मनोरञ्जनात्मकस्थल र वाइफाइ जोन निर्माण, कौसी खेतीलाई प्रवद्र्धन, सांस्कृतिक सम्पदाको पुनःनिर्माण, बागदरबार भवन निर्माणका लागि प्रक्रियागत काम, प्रत्येक वडामा बाल क्लब निर्माण, सडकमा लत्रेका तार व्यवस्थापन, आकाशे पानीको संकलन र शुद्धीकरण, कामपा क्षेत्रभित्रका ८४ स्थानमा ढल निर्माणजस्ता कामको थालनी गरिएको प्रमुख शाक्यले बताउनुभयो ।

स्थानीय तह निर्वाचनका समयमा आफूले गरेका प्रतिबद्धतामध्ये धरहरा पुनःनिर्माण, कामपा वरपर रहेका अन्य नगरपालिकासँग समन्वये, हेलो मेयर क्विक कार्यक्रम र मोबाइल एप्सजस्ता काम हालसम्म शुरुआतसम्म गर्न नसकिएको शाक्यले स्वीकार्नुभयो ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट शाक्य कामपा प्रमुखमा विजयी हुनुभएको थियो । केही शुरु गर्न बाँकी रहेको प्रतिबद्धता छिट्टै शुरु गरिने बताइएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News