यिनै हुन् मोटरसाइकललाई ठक्कर दिएर भाग्ने राज्यमन्त्री


 


काठमाडौं, भदौ २३
नयाँ बानेश्वमा एक जना राज्यमन्त्रीले सर्वसाधारणको मोटरसाइकललाई ठक्कर दिएर भागेका छन् । यसरी भाग्नेमा सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट रहेको खुलेको छ ।

राज्यमन्त्रीको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । विष्ट चढेको बा १ झ ७१६३ नम्बरको गाडीले बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

गाडीको ठक्करबाट मोटरसाइकल चालक शहदेव श्रेष्ठ र पछाडी बसेकी उनकी सानिआमा अन्जु श्रेष्ठ घाइते भएका छन् । घाइतेको अवस्था अचेत छ भने एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिएपछि मन्त्री बिष्ट भागेका थिए । उनको गाडीलाई सर्वसाधारणले घेरेपछि प्रहरीले बल प्रयोग गर्दे मन्त्रीलाई भगाएको हो ।

बिष्ट संसद बैठकका लागि संसद भवन जाँदै थिए । बिष्ट सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्