नेपाल आइडलमा बुद्ध, प्रताप, निशान र सागर आलेले कति भोट ल्याए ?


 


काठमाडौं, भदौ २३
नेपाल आइडलबाटको टप–४ बाट आज सागर आले आउट भएका छन् । धेरैको मनमा लाग्छ, यी टप–४ मा पुगेका प्रतिस्पर्धीले कति भोट ल्याए ? र, सागर आले कति भोट ल्याएर बाहिरिए ।

गत हप्ताको बिहिबार बेलुका ८ : ४५ देखी शुक्रबार मध्यान्हको १२ बजेसम्म भोट खुल्ला गरिएको थियो । एसएमएस र अनलाइनबाट भएको भोटमा ३७ लाख २० हजार ३१६ आएको थियो ।

त्यही भोटको आधारमा सागर आउट भएका हुन् भने बुद्ध लामा, प्रताप दासर र निशान भट्टराई अन्तिम प्रतिस्पर्धामा पुगेका छन् ।

सबैभन्दा बढी बुद्ध लामाले भोट पाएका छन् । उनले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत र अनलाइनबाट ४ लाख ५४ हजार ४ सय ८१ गरेर कुल ११ लाख ४५ हजार ५३८ मत पाएका छन् ।

त्यस्तै दोस्रो मत प्रताप दासले प्राप्त गरेका छन् । उनले ७ लाख १४ हजार ९ सय ९९ सय एसएमएस र १ लाख ७८ हजार ३ सय ४८ अनलाइनबाट गरी कुल ८ लाख ९३ हजार ३ सय ४७ मत प्राप्त गरेका छन् ।

निशान भट्टराईले तेस्रो पोजिसनको भोट पाएका छन् । उनले एसएमएसबाट ५ लाख ३ सय ३१ मत र अनलाइनबाट ३ लाख ७१ हजार १४९ भोट प्राप्त गरी कुल ८ लाख ७१ हजार ४ सय ८० भोट पाएका छन् ।

आज आउट भएका सागर आलेले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत र अनलाइनबाट ३ लाख ९० हजार ४० मत गरी कुल ८ लाख ९ हजार ९ सय १५ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्