काकाको चुनाव प्रचारले लियो बालकको ज्यान


 


रौतहट,भदौ २८ । 
रौतहटको मौलापुरमा आफ्नै काकाको चुनाव प्रचारमा हिँडेका एक बालकको मृत्यु भएको छ ।

राजपा नेपालबाट नगरप्रमुखको उम्मेदवार बनेका काका धिरज पटेलको चुनावी प्रचारमा हिँडेका १५ वर्षीय राजेन्द्र पटेलको मृत्यु भएको हो ।

काकाको चुनाव प्रचारका लागि मौलापुर नगरपालिका वडा नं। ९ को सोनरनियाबाट मौलापुर बजार जाने क्रममा भकुवा पुलमा ना ५ त १०९० नम्बरको ट्याक्टर पल्टिँदा उनको मृत्यु भएको हो । ट्याक्टरमा सवार १५ जना मध्ये ३ जना घाइते भएका छन् ।

आगामी असोज २ गते हुने स्थानीय चनावका प्रचार प्रसारमा बालबालिकाको व्यापक प्रयोग भइरहेको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्