Deshko News
९ आश्विन २०८०, मंगलबार

साथी खोज्ने नयाँ फिचर ल्याउँदै फेसबुक



सोसल नेटवर्किङ साइट फेसबुकले एक नयाँ फिचर ल्याउँदैछ, जसबाट तपाइँले आफ्ना साथीको साथीसँग पनि मित्रता गर्न सक्नुहुनेछ ।

टेकक्रन्चको एक रिपोर्ट अनुसार यस फिचरले फेसबुक प्रयोगकर्ताहरुलाई गेट टू नो प्रmेण्ड नामक बटन उपलब्ध गराउनेछ । उक्त बटनमा थिचिसकेपछि प्रयोगकर्ताका लागि फेसबुक साथी बन्न सक्ने अनेक सम्भावित व्यक्तिहरुको सूचि प्राप्त हुनेछ । यसमा केवल सम्भावित साथीहरुको सूचि मात्र होइन की दुबैजनालाई मनपर्ने कार्यक्रम, दुबैजनाले लाइक गरेका पेजहरु, बस्ने ठाउँ, काम गर्ने ठाउँ जस्ता जानकारी पनि प्राप्त हुनेछन् ।

फेसबुकले एक अर्को फिचरको पनि परीक्षण गरिरहेको छ, जसले मेसेन्जर एपसँग काम गर्नेछ । यसले प्रयोगकर्तालाई एकअर्कासँग भेट गर्नका लागि समय तय गर्न अह्राउनेछ ।

यो वर्षको सुरुवातमा फेसबुकले डिस्कभर पिपल नामक फिचर पनि सुरु गरेको थियो । जसले प्रयोगकर्तालाई ग्रुप तथा इभेन्ट्सको माध्यमबाट नयाँ साथी बनाउनमा सहयोग गर्दछ । एजेन्सी

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News