पूर्वाञ्चलका १० जिल्ला सफल ६ जिल्ला असफल


 


भोजपुर, साउन १३
पूर्वाञ्चलका १० जिल्ला स्थानीय निकाय वित्तिय आयोगले परीक्षण गरेको न्यूनतम शर्त तथा कार्य सम्पादन मापन मुल्यांकन (एमसीपीएम) मा पास भएका छन् । धनकुटा, उदयपुर, पाँचथर, ताप्लेजुङ्ग, भोजपुर, संखुवासभा, मोरङ, तेह्रथुम सोलुखुम्बु र सिराहा जिल्लाका जिविस सफल भएका हुन् ।

छ जिल्ला भने असफल भएका छन् । खोटाङ, सप्तरी, सुनसरी, इलाम, ओखलढुंगा र झापा जिल्लाका जिविस असफल भएका हुन् । अझ झापा जिल्ला त पुरै अनुदान कटौती हुने जिविसमा परेको छ ।

झापा न्युनतम शर्त र कार्यसम्पादन दुबैमा अनुर्तिण हुँदा पुरै अनुदान गुमाएको हो । यसरी देशभर अनुदान कटौती हुने पाँच जिविस छन् । पूर्वाञ्चलको धनकुटा जिविस ८० अंक प्राप्त गर्दे उत्कृष्ट हुँदै २० प्रतिशत थप अनुदान प्राप्त गर्ने भएको छ ।

यस्तै सिन्धुपाल्चोक पनि उत्कृष्ट भएको छ । स्थानीय निकाय वित्तिय आयोगको तथ्यांक अनुसार उदयपुर ७६, पाँचथर ७५ र ताप्लेजुङ्ग ७१ अंक ल्याउँदै १५ प्रतिशत थप अनुदान पाउने जिविस भित्र परेका छन् ।

भोजपुर ६७, संखुवासभा ६५ र मोरङले ६२ अंक प्राप्त गरेसँगै १० प्रतिशत थप अनुदान आउने भएको छ । (एमसीपीएम) मा पास भएको तेह«थुम जिविसले १० प्रतिशत अनुदान गुमाउने भएको छ ।

त्यस्तै खोटाङ, सप्तरी, सुनसरी, इलाम, ओखलढुंगाका जिविसले २० प्रतिशत अनुदान गुमाएका छन् । यी जिल्लाले न्युनतम शर्त पुरा गरे पनि कार्यसम्पादन मापन भने पुरा गरेका छैनन् । जसको आधारमा जिविसहरु उर्तिण र अनुर्तिण हुँदै आएका छन् ।

स्थानीय निकाय वित्तिय आयोगका अनुसार देशभरका ३२ जिविस असफल भएका छन् । त्यस्तै १० नगरपालिका र एक हजार ७८ गाविस अनुर्तिण भएका छन् ।

तर यस विचमा धेरै गाविस गाभेर नगरपालिका घोषणा गरिएकोले नरपालिकामा गाभिएका गाविसले न्यूनतम शर्त (एमसी) मा कागजपत्र उपलब्ध गराएका थिएनन् । गत बर्ष भन्दा यो वर्ष भोजपुर जिविसले एक अंक थपेको छ । गत बर्ष भोजपुर जिविसको ६६ अंक थियो ।

यो पनि पढ्नुहोस्

यी हुन् भोजपुरमा फेल हुने गाविस

प्रकाशित मिति: १३ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्