बिचौलियालाई अब कार्यालय प्रवेशमा निषेध



पोखरा, भदौ ३१
जिल्ला प्रशासन कार्यालय कास्कीले बिचौलिया तथा लेखापढी गर्नेलाई शुक्रबारदेखि कार्यालय प्रवेशमा निषेध गरेको छ । कुनै पनि सेवाग्राहीको कागजपत्र लिएर कार्यालयभित्र त्यस्ता बिचौलिया तथा लेखापढी गर्ने पाइए कारबाही गरिने सहायक प्रजिअ गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

कार्यालयले निःशुल्क सहायता कक्षको समेत व्यवस्था गरेको तथा स्थानीय तह र अन्य निकायबाट सिफारिस भई आएको काममा निवेदनसमेत लेख्न नपर्ने सजिलो व्यवस्था गरिएको सूचना अधिकारी ढकालले बताउनुभयो ।

बिचौलिया र लेखापढी व्यवसायीले निवेदन लेख्न भन्दै सेवाग्राहीसँग बढी पैसा असुल्ने र अनेकाँै दुःख दिने गरेकाले यस्तो व्यवस्था गरिएको जिप्रकाले जनाएको छ । सो व्यवस्था मालपोत र यातायात व्यवस्था कार्यालयमा पनि छिट्टै लागू गर्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News