वडा अध्यक्षका उम्मेदवारको निधन



राजविराज, भदौ ३१

राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का लागि वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको आज साँझ निधन भएको छ ।

साविकको देउरी भरुवा गाविस, हाल राजविराज–१५ बस्ने ६५ वर्षीय यादव रक्त क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको घरमै निधन भएको राजपा नेपालका महासचिव मनिष कुमार सुमनले जानकारी दिनुभयो ।

यही असोज २ गते सोमबार प्रदेश नं २ अन्तर्गत सप्तरीमा हुने स्थानिय तह निर्वाचनका लागि उहाँले राजविराज नगरपालिका–१५ बाट राजपा नेपालका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो ।

२०५४ सालमा साविकको देउरीभरुवा गाविसमा नेकपा (एमाले)को तर्फबाट उहाँ वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News