यी हुन् भोजपुरमा फेल हुने गाविस


 


भोजपुर, साउन १३
५४ गाविस रहेको भोजपुरमा आठ गाविस भने न्यूनतम शर्त (एमसी) मा फेल भएका छन् । अन्य ४६ गाविस भने पास भएका छन् । पाँच गाविस भने षडानन्द नगरपालिकामा गाभिएका कारण एमसी परीक्षण गराएका थिएनन् । अघिल्लो वर्ष भने १७ गाविस एमसी फेल भएका थिए ।

यसरी फेल हुने गाविसहरुमा थिदिंखा, ओख्रे, मानेभन्ज्याङ, खाटाम्मा, दुम्माना, दलगाउँ, युँ र प्याउली रहेका छन् । सामान्यतयाः एमसी मा पास हुन बजेट गाउँ परिषदवाट स्वीकृत, वार्षिक समिक्षा, निकासा, लक्ष्यित वर्गमा विनियोजन, आय व्याय सार्वजनिक, अन्तिम लेखा परिक्षण, आन्तरिक आय अभिलेख, जिन्सि लगत अभिलेख, सामाजिक सुरक्षा भत्ताको विवरण, व्यक्तिगत घटना दर्ता अभिलेख पुरा गरेको हुनुपर्छ ।

स्थानीय निकाय वित्तिय आयोगको सचिवालयले प्रत्येक वर्ष स्थानीय निकायको मूल्यांकन गर्छ । फेल भएका गाविसले यी शर्त पुरा गरेका छैनन् ।

अझै पनि गाविसहरुले लक्षित वर्गमा बजेट विनियोजन नगर्ने, कार्यक्रम गाउँ परिषदबाट स्वीकुत नगराउने, सामाजिक सुरक्षा भत्ताको विवरण पुरा नगर्ने तथा समयमा निकासा नलिने गरेको पाईएको छ ।

यो पनि पढ्नुहोस्

पूर्वाञ्चलका १० जिल्ला सफल ६ जिल्ला असफल

प्रकाशित मिति: १३ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्