भोजपुरमा अन्तरजातिय विवाह गर्ने सात जोडिलाई सम्मान
भोजपुर, असोज १
भोजपुरमा अन्तरजातिय विवाह गर्नेलाई सम्मान गरिएको छ । दलित विकास समिति गोगनेले दलित र ग्रैहदलित सयुदायको अन्तरजातिय विवाह गर्ने सात जोडिलाई सम्मान गरेको हो ।
त्यस्तै दलित बिकास समितिमा रहेर विभिन्न समयमा काम गरेका पदाधिकारी चार जनालाई र २०४३ को पञ्चायतको निर्बाचनमा गोगनेको
उपप्रधानपञ्चमा निर्वाचित भएका स्व.लिलाधर दर्जीलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
त्यसैगरि २०५३ सालमा गोगनेमा रहेको शिवालय मन्दिरमा दलित समुदायले पनि प्रवेश गरि पुजा गर्न पाउनुपर्छ भन्दै सङ्घर्ष गरेका दलित
व्यक्तित्व चन्द्र विश्वकर्मा , पर्शुराम विश्वकर्मा, र दिव्यराज विश्वकर्मालाई सम्मान गरिएको छ ।
विद्येश्वर माविको प्राङ्गणमा भएको कार्यक्रममा ट्याम्केमैयुङ गाउँपालिका ८ गोगनेका वडाध्यक्ष कृष्ण बाँनिया प्रमुख अतिथि रहेका थिए भने दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य खड्ग सुन्चेउरी विशेष अतिथि थिए ।
सम्मानित व्यक्तित्वलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा राजनितिक दल , शिक्षक , बुद्दिजिवि , सामाजिक संघसंस्था लगायतको उपिस्थतिमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: १ आश्विन २०७४, आइतबार
















