चट्याङ लागेर भोजपुरमा एक जनाको मृत्यु



भोजपुर, असोज २
चट्याङ लागेर भोजपुरमा एक जनाको मृत्यु भएको छ । आइतबार राति अरुण गाउँपालिका–५ आरुबेटेकी ५९ बर्षिया सहरमाया श्रेष्ठको चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकको शब पोस्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्