भोजपुरमा प्रधानाध्यापक मृत भेटिए


 


भोजपुर, असोज ३
भोजपुर नगरपालिका –४ सिद्धेश्वरको धपेनी खोलामा एक शिक्षक मृत भेटिएका छन् । सोही वडामा रहेको जाल्पा देवि प्राथमिक विद्यालयका प्रधानाध्यापक भोजपुर नगरपालि – ३ गुप्तेश्वर घर भएका ५२ वर्षिय शिक्षक रुद्र वहादुर पाण्डे आज (मंगलवार) विहान ७ः ३० वजे मृत भेटिएका हुन् ।

उनको शव खोलामा डुवेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर आवश्यक प्रक्रिया शुरु गरेको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्