झिलगाडीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते


 


हेटौडा, असोज ३
हेटौडाबाट काठमाडौंतर्फ अाइरहेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

सीमभन्ज्याङबाट १० किमी तल झिलगाडी भन्ने स्थानमा भएको ट्रक दुर्घटनामा मृत्यु भएका ट्रक चालकको सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ३ बजेको समयमा राजपथबाट ट्रक करिब ८०० मिटर तल खरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी सोही ट्रकका सहचालक मकवानपुरको थाहा नगरपालिका–१ बस्ने २५ वर्षीय अनिल बलामी गम्भीर घाइते भएका छन् । उनको पालुङस्थित उपचार केन्द्रमा सामान्य उपचारपछि विहानै काठमाडौं ल्याइएको छ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्