भोजपुरमा गाँजा खेती नष्ट गर्न प्रहरीको अभियान


 


भोजपुर, असोज ४
जिल्ला प्रहरी कार्यालय भोजपुरले अभियान नै चलाएर पुनः गाँजा फडानीलाई निरन्तरता दिएको छ । जिल्लाका विभिन्न ठाउँमा प्राकृतिक रुपमा उम्रिएका तथा खेती गरिएका गाँजा नष्ट गर्न अभियान चलाएको हो ।

यो आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र ६ रोपनी क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको प्रहरीले जनाएको छ । प्रहरीले यस अघिका वर्षमा पनि गाँजा खेतीलाई फडानी गर्दै आएको थियो ।

पछिल्लो समय जिल्लामा गाँजा खेती गनर्कोे संख्या बढ्दै गएको र युवा युवतीहरु बढी कुलतमा फस्ने हँुदा यसलाई नष्ट गर्न थालिएको प्रहरीको भनाइ छ ।

विशेष गरेर हसनपुर, घोरेटार, वांलंखा, वोखिम लगाएत ठाउँमा लगाएको गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियारले वताए ।

गाँजा रोप्ने किसानलाई एक पटक सम्झाउने गरेको र अटेर गरेमा कारवाही गरिने प्रहरीको भनाई छ । भोजपुर नगरपालिका ९ मा एक रोपनी क्षेत्रफलमा लगाईएको गाँजा वुधवार प्रहरीले नष्ट गरेको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्