ट्याक्टरले किच्दा एक जनाको ज्यान गयो


 


खोटाङ, साउन १४

ट्याक्टरले थिचेर खाेटाङको खिदिमा–८ का ३४ वर्षीय मनकुमार राईको बिहिबार अपराह्न मृत्यु भएको छ । सिम्पानीबाट सामान लिएर इन्द्रेणीपोखरीतर्फ जाँदै गरेको ना ३ त १३१८ नं ट्याक्टरले थिचेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताए । स्थानीयवासीका अनुसार सोही ट्याक्टरमा चढेका राई अनियन्त्रित हुँदा लडेका थिए । रासस

प्रकाशित मिति: १४ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्