भोजपुरमा स्थानीयले बनाए शिव मन्दिर



भोजपुर, असोज ६
भोजपुर नगरपालिका – ७ डाँडागाउँका स्थानीयले आफ्नै लगानी र श्रमदानमा शिव मन्दिर वनाएका छन् । पहिलेको मन्दिर ट्याक्टरले भत्काएपछि स्थाीिय आफै सक्रिय भएर घर घरबाट १ लाख ५० हजार नगद संकलन र श्रमदान गरी मन्दिर निर्माण गरेको स्थानीय पुष्प श्रेष्ठले जानकारी दिए ।

नव निर्मित मन्दिर शुक्रवारबाट औपचारिक रुपमा उद्घाटन गरिएको छ । मन्दिर निमार्ण स्थानीय अगुवा व्याक्ति खड्ग वहादुर श्रेष्ठ, वद्री श्रेष्ठ, खड्ग वहादुर विक, चरण श्रेष्ठ लगाएतको सक्रियतामा गरिएको हो ।

टोलमै मन्दिर निर्माण भएपछि पुजा पाठ गर्न सजिलो भएको भन्दै स्थानीय हर्षित भएका छन् । स्थानीयले मन्दिरमा सोलार वत्ती जडानका लागि नगरपालिकामा निवेदन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News