भोजपुरमा दलित र गैरदलितले राखे संयुक्त जमरा


 


भोजपुर, असोज ८
भोजपुरको गोगनेमा दलित र गैरदलितले संयुक्त रुपमा जमरा राखेका छन् । घटस्थापनाको अवसरमा टेम्के मैयुङ्ग गाउँपालिका–८ गोगनेमा दलित र गैर दलित समुदायले संयुक्त रुपमा जमरा राखेका हुन् ।

जातिय छुवाछुत अन्त्यका लागि धेरै ऐन, कानुन संविधानमा भए पनि त्यसलाई व्यवहारमै लागू गर्ने उद्धेश्यले संयुक्त रुपमा जमरा राखेको स्थानियले वताएका छन् ।

गोगने रमितेमा पहिला अन्य समुदायले मात्र जमरा राख्दै आएको भए पनि यस वर्ष भने सवै समुदायले एक साथ जमरा राखेका हुन् ।

समाज परिवर्तनको लागि सकारात्मक सोचको विकास गर्ने उदेश्यले दलित विकास समितिको पहलमा सो काम गरिएको हो । अहिले संयुक्त
रुपमा ७ घर दलित परिवार सहित ४५ घरपरिवारले एक साथ जमरा राखेका छन् ।

उक्त कार्यक्रममा वडा अध्यक्ष कृष्ण वहादुर वानिँया, दलित विकास समितिका अध्यक्ष राजकुमार मिजार स्थानियको उपस्थिति थियो ।

प्रकाशित मिति: ८ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्