भोजपुरमा सानो कामले पनि ठुलो खुसि दिन्छ (हेर्नुहोस् भिडियो)


 


भोजपुर, साउन १५

विकास भाषण होइन अनुभुति हो । यदि विकास भाषण हुने थियो भने हाम्रा नेताहरुले भने झै यो मुलुक निकै समुन्नत बन्ने थियो ।  हेर्नुहोस त यो दृश्य । यँहा कुनै नेताको स्वागत सत्कारमा यी स सना विद्यार्थीहरु जुटेका होइनन् ।

उनिहरु आफ्नै विद्यालयको नजिकमा चिटिक्क पारेर विद्यालय बनाउन सहयोग गर्ने सहयोगी हातहरुलाई स्वागत गर्न तम्सिएका हुन ।
भोजपुर सदरमुकाम नजिकै रहेको विद्योदय उच्च माविलाई कम्प्युटर तथा पुस्तकालय भवन बनाइदिन सहयोग गरेको संस्था भोजपुर सामुदायिक विकास केन्द्र काठमाडौका पदाधिकारीहरुलाई उनिहरुले भव्य स्वागत गरेका हुन् ।

जिल्ला बसेर मात्रै जिल्लाको विकास हुन्छ भन्ने मान्यतालाई यो संस्थाले तोडेको छ । भोजपुरमा जन्मेर काठमाडौ बस्दै आएका भोजपुरेहरुले यो चिटिक्क परेको भवन बनाईदिएका हुन् । भवन बनाउन करिब १३ लाख रुपैया लागेको थियो । जुन रकमको आधा भोजपुर सामुदायिक विकास केन्द्र काठमाडौले दिएको थियो । भने आधा रकम विद्यालयले जम्मा गरेको थियो ।
भिडियो हेर्नुहोस्

प्रकाशित मिति: १५ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्