करेन्ट लागेर मृत्यु
सुरुङगा (झापा) असोज ९
झापाको भद्रपुर नगरपालिका – १० का ७१ वर्षीय डम्बरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ । जंगली हात्ती लखेट्ने क्रममा उनलाई हिजोराति करेन्ट लागेको प्रहरीले जनाएको छ ।
लिम्बूले घरवरिपरि लगाएको करेन्टवालमा ठोक्किन पुग्दा उनलाई करेन्ट लागेको र उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार
















