दशैंमा भोजपुरका कति कैदीले माफी मिनाहा पाए ?
भोजपुर असोज ९
वडा दशैको अवसरमा जिल्ला कारगार भोजपुरका विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका ५ जना कैदीको कैद मिनाह गरिएको छ । कारगारमा रहदा असल आचरण देखाएका र ४० प्रतिशत कैद भुक्तान गरी. सकेका ३ महिला र २ पुरुषको कैद मिनाह गरिएको हो ।
मन्त्रिपरिषद निर्णय अनुसार राष्ट्रपतिले वाँकी कैद मिनाह गरेपछि उनिहरु जेलमुक्त भएका हुन् । रिहा भएका मध्ये ३ महिला कर्तव्य ज्यान, एक पुरुष ज्यान मार्ने उद्योग र अर्का पुरुष गर्भपतन मुद्धामा जेल परेका थिए ।
उनिहरु जेलमुक्त भए पछि अव कारगारमा ६ महिला सहित ७२ जना कैदी रहेको जिल्ला कारागार कार्यालयका प्रमुख खगेन्द्र अधिकारीले जानकारी दिए । गणतन्त्र दिवसको अवसरमा १५ जनाको कैद मिनाह गरिएको थियो ।
प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार
















