भोजपुरमा भाले बेचेर समेत सडक खनियो (हेर्नुहोस् भिडियो सहित)


 


भोजपुर, साउन १५
विकास प्रतिको जनताको चाहना कति हुन्छ भन्ने उदाहरण भोजपुरको कोट गाविसका स्थानीय बनेका छन् । गाउँमा सरकारी बजेटले मात्र विकास हुने सम्भावना नदेखेपछि भोजपुरको कोट गाविसका स्थानीयवासीले विकासको नयाँ तरिका अपनाएका थिए ।

सदरमुकामसँग सिमाना जोडिएको गाविस भएपनि कोट गाविस विकासका दृष्टिले निकै पछि परेपछि स्थानीयले कुखुराको भालेदेखी सुगुँरको पाठो समेत बेचेर सडक निर्माण गरेका थिए ।
भिडियो

झण्डै चार बर्ष अगाडीको यो भिडियोमा तत्कालिन जनोदय उच्च माविका प्रधानाध्यापक कृष्णकुमार राई पनि देखिनुहुन्छ । अाज गुरु पुर्णिमा स्वर्गिय राई प्रति भावपूर्ण श्रद्धासुमन

प्रकाशित मिति: १५ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्