कोरियामा रहेका भोजपुरका एक युवाले साथीको हत्या गरे


 


सोल,दक्षिण कोरिया साउन १५

रोजगार प्रक्रिया प्रणाली मार्फत दुईसाता अगाडि दक्षिण कोरिया आएका भोजपुरका परशुराम राईले एक साता अगाडि मात्रै कोरिया छिरेका काभ्रेका ३६ वर्षीय सुदिप राउतलाई शुक्रबार बिहान ३ बजे सुतिरहेको अबस्थामा काठको लठ्ठीले प्रहार गरि बिस्तारामान हत्या गरेका छन्।

ख्यङगिदो नगरको ग्वाङ्जुस्थित काठको डेकोरेशन बनाउँने कम्पनीमा राई र राउत सँगै कार्यरत थिए। घटनाको बारेमा कुटनीतिक प्रक्रियामार्फत सुदीप राउतको परिवारलाई नेपालमा खबर गरिसकेको भएतापनि घटनास्थलमा भोलिमात्र नवनियुक्त उपनियोग प्रमुख किरण शाक्य र श्रमसहचारी अनिल गुरुङ पुग्ने जानकारी प्राप्त भएको छ।

साथै परशुराम राईलाई हाल प्रहरीले नियन्त्रणमा लिई अनुशन्धान गरिरहेको छ । राई भोजपुरको कुन गाविसका हुन् भन्ने बारे विवरण अाउन सकेको छैन् ।

प्रकाशित मिति: १५ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्