भोजपुरका बहादुरलाई ८२ हजार नगदसहित लत्ताकपडा हस्तान्तरण



भोजपुर, असोज १२
ग्रामीण विकास अभियानले भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका ताराबहादुर मगरलाई नगदसहित लत्ताकपडा हस्तान्तरण गरेको छ ।

विगत ७ वर्षबाट बिरामी भई ओच्छ्यानमा थला परेका मगरलाई नगद ८२ हजार २२८ सहित लत्ताकपडा हस्तान्तरण गरेको हो ।

गाउँपालिका उपप्रमुख सम्झना राई र नेपाली काँग्रेस जिल्ला सदस्य सीताराम राईले सो नगद र लत्ताकपडा बिरामीलाई हस्तान्तरण गर्नुभएको अभियानका अध्यक्ष एकराज भुजेलले जानकारी दिए ।

मगरको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नगद र लत्ताकपडा वितरण गरिएको काँग्रेस जिल्ला सदस्य सीताराम राईले बताए ।

काठमाडाैं बसेर जिल्लाका लागि काम गर्दै आएको अभियानले मगरको उपचारमा सहयोग गर्न अपिलसमेत गरेको छ । आर्थिक अवस्था कमजोर रहेका मगर हाडजोर्नी कुहिने रोगका कारण थला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News