खोल्सामा डुबेर एक जनाको ज्यान गयो



विराटनगर, असोज १९

मोरङमा खोल्सामा डुबेर बुधबार बेलुकी एकजनाको मृत्यु भएको छ । पथरी–शनिश्चरे–७ को लामाटोली बस्ने ६२ वर्षीय नरबहादुर विश्वकर्माको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

घर नजिकमा रहेको गुहेहोली भन्ने खोल्सामा उनी डुबेको अवस्थामा मृत भेटिएका थिए ।  घटनास्थलमा पुगेको प्रहरीले शव परीक्षणका लागि पठाएको र थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्