पर्वतमा १० किलोको घिरौँला फल्यो



फलेवास (पर्वत) असोज २१
फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाकोे घिरौँला फलेको छ ।

साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलोसम्मको हुने गर्छ । पौडेलले भने, “२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिलेसम्म फलेको थिएन ।”

घिरौँला तीन हात लामो छ । जेठमा रोपिएको घिरौँला अरू पनि यस्तै ठूला ठूला आकारमा फलेकाछन् । उनले सो घिरौँला बीउको प्रयोजनका लागि बचाइराखेको बताए ।

अस्वाभाविक ठूलो घिरौँला फलेपछि उनको बारीमा हेर्न आउनेहरूको भीड लाग्न थालेको छ । मलिलो जग्गाका कारण घिरौँला हौसिएर बढेको कृषि प्राविधिकले बताएका छन् ।

कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भने, “मलिलो जग्गा, नियमित गोडमेल र सिँचाइको प्रबन्धका कारण उत्पादन राम्रो भएको हुन सक्छ ।” रासस

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News