राप्रपा इलामबाट उम्मेदवार सिफारिस



इलाम, असोज २७

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलामले उम्मेदवार सिफारिस गरेको छ ।

राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा इलाम क्षेत्र नं १ बाट योगराज लामिछाने र क्षेत्र नं २ बाट लालबहादुर डाँगीको नाम सिफारिस गरेको छ ।

त्यसैगरी, प्रदेशसभाका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ इन्द्रकुमार लामा, ऋषिकेश ओझा र समानुपातिकतर्फ सांसद लीलादेवी श्रेष्ठ र गणेशबहादुर चौहानको नाम सिफारिस गरिएको छ ।

राप्रपाले प्रदेशसभाका लागि क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ नसिव राई र प्रताप चापागाईंलाई उम्मेदवार सिफारिस गरेको छ भने प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा डिगबहादुर कोइराला, माया चौहान, जीवन पाण्डे र दामोदर दाहाललाई सिफारिस गरेको राप्रपा जिल्ला अध्यक्ष यामप्रसाद चापागाईंले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News