भोजपुरमा दुई जना फरार अभियुक्त पक्राउ



भोजपुर, असोज २८
जिल्ला प्रहरी कार्यालय भोजपुरले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न अपराध गरी फरार रहेका उनीहरुलाई जिल्लाको छुट्टा छुटै ठाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रिबल तामाङ्ग र भरत वहादुर प्रधान रहेका छन् ।

भोजपुरको अरुण गाउँपालिका –४ जरायोटारका तामाङ्गलाई ०६८ सालमा कर्तव्य ज्यान मुद्धाको अभियोग लागेपछि फरार थिए । तामाङ्गलाई ६ वर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

उनलाई सोही ठाउँ बस्ने डिकमान भन्ने सीताराम राईको हत्या गरेको अभियोगमा मुद्धा परेपछि प्रहरीले खोजी गरिरहेको थियो ।

फरार तामाङ्गलाई विशेष सुकाकीको आधारमा घरवाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुर प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जीयार थारुले जानकारी दिए ।

त्यस्तै वहुविवाह मुद्धामा ०७४ भदौबाट एक वर्ष कैद र १० हजार जरीवाना तोकिएका भोजपुर नगरपालिका– ५ बोखिमका प्रधानलाई भोजपुर वजारबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News