ट्याक्टर दुर्घटनमा परी भोजपुरका भुजेलको मृत्यु



धनकुटा, असोज २९
इटहरीबाट भोजपुरतर्फ किराना पसलको सामान बोकी गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार धरान–धनकुटा सडकखण्डको धनकुटा सागुरीगढी गाउँपालिका–६ कार्कीछापमा को.२ त २८३९ नम्बरको ट्याक्टर पल्टेर दुर्घटना हुदाँ चालक र सह–चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक सुनसरी इटहरी उपमहानगरपालिका–१८ पकली बस्ने २२ बर्षीय सुरज बि.क. र सह–चालक भोजपुर षडान्नद गाउँपालिका–१ नेपालेडाडा बस्ने २३ बर्षीय निसान भुजेल रहेको पुर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति: २९ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्