करेन्ट लागेर एकको ज्यान गयो



दाङ,  असोज ३० ।

करेन्ट लागेर दाङमा एकजनाको ज्यान गएको छ ।

शान्तिनगर गाउँपालिका–५ काशीपुर निवासी ३० वर्षीय दिलबहादुर चौधरीको ज्यान गएको प्रहरीले बताएको छ । आफ्नै घरमा बल्व जडानका लागि होल्डर बनाउने क्रममा गएराति करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।

करेन्ट लागी छाती र हात जलेको अवस्थामा उपचारका लागि अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । योसँगै दाङमा छ महिनाको अवधिमा करेन्ट लागेर सातजनाले ज्यान गुमाएका छन् ।

गएको वैशाखदेखि असोज २९ गतेसम्म सातजनाको ज्यान गएको जिप्रकाले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News