बलात्कार गरेको आरोपमा भोजपुरमा एक जना प्रक्राउ
भोजपुर, कात्तिक १
बलात्कार गरेको आरोपमा भोजपुरमा एक जना प्रकाउ परेका छन् । बलत्कारको अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले सोही गाउँकी १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा प्रकाउ गरिएको हो ।
परिवारले दिएको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए।
मंगलबार पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार
















