प्रदेश ४ को टुंगियो बाम गठबन्धनको क्षेत्र, कसको भागमा कति?


 


काठमाडौं, कार्तिक १३

एमाले, माओ‌वादी र राष्ट्रिय जनमोर्चा सम्मेलित बाम गठबन्धनले प्रदेश ४ का जिल्लामा सिट बाँडफाड टु‌ंग्याएको हो ।

पहिलो चर‌णका उमेदवारी दिइसकेको गठबन्धनले २१ मंसिरमा हुने प्रतिनिधिसभा प्रतिनिधि सभाका १८ र प्रदेश सभाका ३६ सिट बाँडफाँड टुंग्याएको हो ।

गठबन्धनको सहमतिअनुसार  प्रतिनिधि सभाका १३ सिट एमालेको भागमा परेका छन् भने माओवादीले ५ सिट पाउने भएको छ । प्रदेश सभातर्फ एमाले १९, माओवादी १५ र राष्ट्रिय जनमोर्चाले बागलुङ जिल्लाका २ सिट लिएको छ ।

 

प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्