कठ्यांग्रिदो चिसोमा २२ परिवारलाई कपडा वितरण



मोरङ, पुस १४
मोरङ बेलबारी नगरपालिका- १ र केराबारी गाउँपालिका-९ का बाढीपीडितलाई आज सिरक, झुल, टोपी र मोजा वितरण गरिएको छ ।

पुसको कठ्यांग्रिने चिसोमा कष्टकर जीवन बिताउन बाध्य बनेका २२ परिवारलाई वर्षा नेपाल पूर्वाञ्चलको सहयोग र मायालु हात मोरङ नामक संस्थाको समन्वयमा सो सहयोग गरिएको हो ।

गत साउनमा लोहन्द्रा खोलामा गएको बाढीले घरबारविहीन बनेका बाढीपीडितलाई सहयोग गरिएको मायालु हातकी संयोजक सुनिता तिवारी (हुमागाई)ले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेलबारी-१ का १० र केराबारी-९ का १२ परिवारलाई सिरक, झुल, टोपी र मोजा वितरण गरिएको हो । टोपी र मोजा बालबालिकालाई लक्षित गरेर वितरण गरिएको छ ।

प्रकाशित मिति: १४ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्