चोरीको आरोपमा एक जना पक्राउ



बागलुङ, पुस १६
बागलुङ सदरमुकाममा भएका विभिन्न चोरीका घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ वर्षीय टेकबहादुर किसानलाई पक्राउ गरेको छ ।

जैमिनी नगरपालिका-१ घर भई हाल बागलुङ नगरपालिका-२ मा डेरा गरी बस्ने किसानलाई चोरीका सामान र नगदसहित पक्राउ गरिएको हो । पछिल्लो एक महिनामा भएका छ वटा चोरीका घटनामा किसानको संलग्नता देखिएको भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत मंसिर २० गते मध्यरातमा बानपा-२ स्थित धौलागिरि टेलिटक प्रालिको कार्यालयबाट रु ६१ हजार २४० चोरी भएको थियो । त्यसयता शृंखलाबद्धरुपमा चोरीका घटना भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको थियो ।

प्रहरीले किसानको कोठाबाट चोरी भएका नगद, गरगहना, विद्युत् र किराना पसलका सामान, रिचार्ज कार्ड र अन्य कागजात फेला परेको जनाएको छ । प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीको टोलीले चोरीका घटनाको अनुसन्धान गर्दा किसान चोरीमा संलग्न भएको पत्ता लगाएको हो ।

आमा भविकलाका साथमा बस्दै आएका टेकबहादुरमाथि चोरी मुद्दामा थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । का लागि निःशुल्क र सशुल्क काठ वितरण

प्रकाशित मिति: १६ पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्