महोत्तरीमा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु

गौशाला, पुस १८
महोत्तरी गाउँपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी गाउँपालिका-१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेको निजका दाजु श्यामले बताउनुभयो । अविरल चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घर नजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्किंदा कठ्याङ्ग्रिएकी थिइन् ।
पन्ध्र १६ दिनदेखि महोत्तरीमा मौसम परिवर्तन भएसँगै चिसो हावा, शीतलहर, बाक्लो हुस्सुका कारण अत्यधिक जाडो भई यहाँका मानिस, पशुपक्षी र बालीनालीसहित सम्पूर्ण वातावरण प्रभावित भएको छ ।
प्रकाशित मिति: १८ पुस २०७४, मंगलबार
















