उद्योग वाणिज्य संघमा कटुवाल निर्वाचित

हेटौँडा, पुस १८
मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण कटुवाल निर्वाचित हुनुभएको छ ।
सोमबार भएको निर्वाचनमा कटुवाल एक हजार २६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी महेन्द्र राउतले ८३१ मत प्राप्त गर्नुभयो । निर्वाचनमा एक हजार ९९६ मतदाता सहभागि थिए ।
त्यसैगरी, वाणिज्य उपाध्यक्षमा कृष्ण गुप्ता अग्रवाल, एशोसिएट उपाध्यक्षमा गणेश भेटवाल र उद्योग उपाध्यक्षमा माधव न्यौपाने विजयी हुनुभएको छ । वस्तुगत उपाध्यक्षमा रामप्रसाद न्यौपाने सर्वसम्मत हुनुभएको थियो ।
प्रकाशित मिति: १८ पुस २०७४, मंगलबार
















