ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

रुकुम, पुस २१
रुकुम पूर्वमा ट्र्याक्टरको ठक्करबाट एक बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका-६ रुकुमकोटमा ट्र्याक्टरको ठक्करबाट सोही ठाउँकी छ वर्षीया हिसिला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुकुमकोटबाट पश्चिम खलंगातर्फ जाँदै गरेको ना ६ च ४८५७ नंको ट्र्याक्टरले बुधबार साँझ ठक्कर दिएपछि गम्भीर घाइते भएकी हिसिलाको नेपालगञ्जस्थित कोहपुर मेडिकल कजेलमा बिहीबार साँझ उपचारको क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
जिल्ला अस्पतालमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि घाइते बालिकालाई नेपालगञ्ज पठाइएको थियो ।
ठक्करदिने ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: २१ पुस २०७४, शुक्रबार