भोजपुरमा भिरबाट लडेर एक जनाको मृत्यु



भोजपुर, पुस २६
भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।

सोही वडाको गैरीगाँउ बस्ने ४१ वर्षीय नरबहादुर खपाङ्गी मगरको लडेर मृत्यु भएको प्रहरी प्रमुख दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

बुधबार बिरामी पुर्याएर अखुवाटारबाट घर फर्किने क्रममा टित्री भञ्ज्याङको भिरबाट ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: २६ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्