बाटो छेकेर प्रहरीमाथि हातपात



भोजपुर, माघ २

प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ ।

भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकासकुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई सार्वजनिक मुद्दा चलाइएको हो ।

मध्यपहाडी लोकमार्गमा गस्तीमा रहेका प्रहरीलाई रोकेर हातपात गरेको प्रहरीको भनाइ छ । हातपातका कारण सई गणेशनारायण श्रेष्ठको बर्दीसमेत च्यातिएको प्रहरीले जनाएको छ ।

गत पुस २७ गते काठ तस्करी भइरहेको भन्ने सूचनाको आधारमा गस्ती गर्न गएको प्रहरी माथि उनीहरुले हातपात गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News