उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा प्रधान



चितवन, माघ २
उद्योग वाणिज्य संघ चितवनको ५१ औँ साधारणसभा तथा ३५ औँ अधिवेशनले सहनलाल प्रधानको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

गएराति सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी राजु श्रेष्ठलाई ३४३ मतले पछि पार्दै प्रधान अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रधानले एक हजार ४८९ मत ल्याउँदा श्रेष्ठले एक हजार १४६ मत प्राप्त गर्नुभयो ।

अधिवेशनमा प्रधान र श्रेष्ठको दुई प्यानलमा उम्मेदवारी परेको थियो । पदाधिकारी सबै प्रधान प्यानलका विजयी भएको संघका लेखा अधिकृत डम्मरराज गौतमले जानकारी दिनुभयो ।

वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ एक हजार ६१९ मतका साथ विजयी हुनुभएको छ । वाणिज्यतर्फको उपाध्यक्षमा भोजराज कौडेल, उद्योगतर्फको उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ र वस्तुगततर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनले उद्योगतर्फको कार्यसमिति सदस्यमा अशोक अधिकारी, सोमप्रसाद काप्री, सिद्धार्थलाल चुके, कृष्णप्रसाद रिजाल, चन्द्रमणि सापकोटा, रोहितकुमार श्रेष्ठ निर्वाचित गरेको छ । रिजाल भने श्रेष्ठ प्यानलका हुनुहुन्छ ।

वाणिज्यतर्फको सदस्यमा ईश्वरीप्रसाद खराल, राजेन्द्र ओली, ज्ञानुप्रसाद न्यौपाने, लक्ष्मी रिमाल पौडेल, तारानाथ पाठक, थिरप्रसाद धिताल निर्वाचित हुनुभयो । धिताल श्रेष्ठ प्यानलका हुनुहुन्छ ।

वस्तुगततर्फ शिव ओझा, विकाश थापा, दीपक पौडेल र किरण खनाल विजयी हुनुभएको छ । महिला सदस्यमा भने रजनी मास्के निर्वाचित हुनुभएको छ । यअसघि नै यमबहादुर विक, शिरिष पन्त र रेशमलाल आचार्य निर्विरोध निर्वाचित हुनुभएको थियो ।

संघमा निवर्तमान अध्यक्षसहित कूल २९ जनाको कार्यसमिति रहनेछ । निर्वाचनमा ४६ जनाको उम्मेदवारी परेको थियो । पुस ३० गतेदेखि अधिवेशन शुरु भएको थियो । संघको निर्वाचनमा दुई हजार ८५६ जना सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News