सुनसरीका अग्रज पत्रकार थापाको निधन
इनरुवा, माघ २
सुनसरीका अग्रज पत्रकार डम्बरबहादुर थापाको आज बिहान इनरुवा–६ मधेशास्थित आफ्नै निवासमा दम रोगका कारण निधन भएको छ ।एकहत्तर वर्षीय थापाले केही सातायता नियमित औषधि सेवन गरिरहनुभएको थियो ।
निडर पत्रकार थापा पञ्चायतकालमा निष्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्धा पत्रकारका रुपमा कहलिनुभएको थियो ।
उहाँले २०४७ फागुन २४ गते योद्धा पत्रकारको उपनामसहित ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ समेत हात पार्नुभएको थियो ।