भक्तपुरमा व्यावसायीको हत्या, तीन जना पक्राउ



भक्तपुर, माघ ३
भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको आज हत्या भएको छ ।

माटो व्यवसायी चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

आज बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका-९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरेको आशंका गरेको बताउँदै उहाँले मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको जानकारी दिनुभयो ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाको थप अनुसन्धान शुरु गरेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News