दाङमा अनिश्चितकालीन बन्द घोषणा



दाङ, माघ ३

प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउन माग राख्दै आजदेखि दाङमा अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ ।

दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।

बन्दका कारण आज बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीमा कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने बिहानैदेखि यहाँका शिक्षण संस्था, कलकारखाना बन्द रहेका छन् ।

त्यसैगरी जिल्लाका तुलसीपुर, नारायणपुर, घोराही, लमही, गढवा र भालुबाङ बजार पनि बिहानैदेखि बन्द रहेका छन् । सडकमा नागरिक स्वतःस्फूर्तरुपमा प्रदर्शनमा उत्रिएका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङ सडकखण्ड पूर्णरुपमा बन्द हुँदा भालुवाङ र अमेलियामा सवारीसाधन रोकिएका छन् ।

दाङलाई प्रदेशको राजधानी बनाउन सबै हिसाबले उपयुक्त भए पनि सरकार तथा राजनीतिक दलका नेताले राजधानी बनाउन षडयन्त्र गरिरहेको भन्ने जानकारी पाएलगत्तै आफूहरुले अनिश्चितकालीन जिल्ला बन्द गर्नुपरेको समितिका सदस्य-सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News