छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु



मोरङ, माघ ३
मोरङका दुई छुट्टा-छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

जिल्लाको सुनबर्सी नगरपालिका-६ स्थित भित्री सडकखण्डमा गए राति को २९ प ३६५६ नंको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका-८ बस्ने २० वर्षीय दीपक कामत र पछाडि सवार २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ ।

यस्तै, कानेपोखरी गाउँपालिका-२ स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ प ५१४१ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक कानेपोखरी-३ बस्ने ५० वर्षीय जितन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । रासस

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्