खोटाङका चार साना उद्यमी सम्मानित, को-को परे ?



खोटाङ, माघ ४

लामो समयदेखि निरन्तर घरेलु तथा साना उद्योगको माध्यमबाट स्वावलम्बी तथा आत्मनिर्भर बनिरहेका खोटाङका चार उद्यमी सम्मानित भएका छन् ।

स्वाभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गर्दै घरेलु तथा साना उद्योगको प्रवद्र्घनमा महत्वपूर्ण योगदान पु¥याउने चारजना उद्यमीलाई घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखाले बुधबार सम्मान गरेको हो ।

विसं २०४२ देखि निरन्तर दिक्तेलमा साना किसान होजियारी उद्योग सञ्चालन गर्दै आउनुभएको रुपाकोट मझुवागढी नगरपालिकाका हैकमसिं राई र २०५७ सालदेखि सयपत्री अगरबत्ती उद्योग सञ्चाल गर्दै आउनुभएका साकेला गाउँपालिका निवासी शिवकुमार ढकाललाई दोसल्ला, सम्मान–पत्र तथा नगद तीन हजारसहित सम्मान गरिएको जनाइएको छ ।

यस्तै, २०६७ सालदेखि दिक्तेलमा सिर्जनशील सिलाइकटाइ उद्योगलाई निरन्तर सञ्चालन गर्दै आउनुभएका रुपाकोट मझुवागढी नगरपालिकाकी देवीकुमारी गेलाल र २०६८ सालदेखि जिल्लाको पहिजान झल्कने कलात्मक लठ्ठी लगायतको सामग्री निर्माण गर्ने दिक्तेल ह्याण्डीक्राफ्ट उद्योगका सञ्चालक भीम विश्वकर्मा पनि सम्मानित हुनुभएको छ ।

उद्यमीहरूलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, विशेष अतिथि रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी लगायतले सम्मान गुर्नभएको थियो ।

सम्मानित सबैले घरेलु तथा साना उद्योग विकास समितिबाट प्राविधिक ज्ञान तथा सीप प्राप्त गरेपछि व्यवस्थित ढंगले उद्यममा लागेको घरेलु तथा साना उद्योग समितिका उद्योग अधिकृत लोकनाथ खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News