सुप विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी, माग सम्वोधन नगरे थप विरोधका कार्यक्रम गरीने



कञ्चनपुर, माघ ७
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा आज तालाबन्दी गरिएको छ ।

सुप विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले विभिन्न ३ बुदे मागसहित सुप केन्द्रीय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरिएको छ । सुप विश्वविद्यालय र क्याम्पसबीच समायोजन सम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा रहेका छन् ।

सोही अवस्थामा समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरे अनुसार गर्नुपर्ने, सेवा सुविधा तथा सर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजित भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने लगायतका माग अघि सारेर तालाबन्दी गरिएको छ ।

सुप विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह मनाएको ९ नबित्दै तालाबन्दी भएको छ ।

गत पुस २९ गते बसेको सुप विश्वविद्यालय सभाले १५ वटै आंगिक क्याम्पसका लागि अघि सारिएको प्रस्तावित क्याम्पस संचालक समितिले २०७० र २०७१ असोज ६ गते पछि गरेका निर्णयहरु कार्यान्वयन नगर्ने निर्णय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका संयोजक चन्दले बताए ।

निर्णय नसच्याई आफुहरुका माग सम्वोधन नगरे थप विरोधका कार्यक्रम गरीने संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News