भोजपुरमा एक जनाको सव फेला


 


भोजपुर, भदौ ६
शनिबार दिङ्ला बजारबाट घर फर्कने क्रममा पुलबाट खसेर बेपत्ता भएका एक जनाको सव फेला परेको छ । षडानन्द नगरपालिका ९ का ४२ बर्षिय बमबहादुर राईको आइतबार शव फेला परेको हो ।

शनिबार राति १२ बजेतिर षडानन्द नगरपालिकाको सिमानामा पर्ने श्यामखोलाको कच्चि पुल तर्ने क्रममा राई खोलामा खसी बेपत्ता भएका थिए । परिवारले घटनाको आज विहान प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीलाई खबर प्राप्त भएपछि खोजतलास गर्दा विहान साढे आठ बजे खोलको बिचमा शव फेला परेको प्रहरीले जनाएको छ । राईसँगै उनकी श्रीमती पनि रहेको प्रहरीले जनाएको छ ।

सवको पोष्टमार्टका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: ६ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्