बसको ठक्करबाट नापी कार्यालयका कर्मचारीको मृत्यु



कपिलवस्तु, माघ ८

यहाँको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु१९प ४४८२ नंको मोटरसाइकललाई ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१ वसन्तपुरका ४० वर्षीय चिपनारायण थारूको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका थारूको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा राती मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंहेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक थारू जिल्ला नापी कार्यालयमा कार्यरत कर्मचारी रहेको बताइएको छ । ठक्कर दिने चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News