भोजपुरमा दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध



भोजपुर, माघ ११

भोजपुरको पूर्वी अरुण गाउँपालिकाका दुई वटा वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् ।

सो गाउँपालिकाको वडा नं १, याङपाङ र वडा नं २, चम्पेका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ती वडालाई सहकारीयुक्त वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

चम्पेमा बसोबास गर्ने ५९० घरधुरी पाथीभरा बचत तथा ऋण सहकारी संस्था र याङपाङका ६५४ घरधुरी अरुण बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएकोे चम्पेका वडा अध्यक्ष भुपेन्द्र रानामगरले बताउनुभयो ।

एक कार्यक्रमको आयोजना गरी दुवै वडालाई सहकारीयुक्त वडा घोषणा गर्ने तयारी भइरहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कालीबहादुर खतिवडाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News